कतारमा कोरोना: आज ९१८ जनाको रिपोर्ट पोजेटिभ

कतारमा पछिल्लो २४ घण्टामा ३५३२ जनामा जाँच गर्दा थप ९१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने २१६ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १८,८९० पुगेको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/cPz0JXQjiR— وزارة الصحة العامة (@MOPHQatar) May 7, 2020
हालसम्म २२८६ जना निको भएर घर फर्किएका छन् भने १६५९२ जना उपचारत छन् । आज सम्म ११६४५९५ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १२ जनाको मृत्यु भएको छ ।
नेपालमा के छ अवस्था ?
(यो समाचार तयार पार्दासम्म कुलसंक्रमित र मृत्युहुने को संख्या)
कुल संक्रमित ९९ जना | निको हुने २२ जना | १७३७२ क्वारेन्टाइनमा | १३३ आइसोलेसनमा | ० मृत्यु
गल्फमा कहाँ कती भए
(यो समाचार तयार पार्दासम्म कुलसंक्रमित र मृत्युहुने को संख्या)
१-साउदी अरेबिया——- ३१,३९८ / मृतक संख्या २०९ / निको हुने ६,७८३
२-संयुक्त अरब इमिरेट्स- १६,२४० / मृतक संख्या १६५ / निको हुने ३,५७२
३-कुवेत—————– ६,२८९ / मृतक संख्या ४२ / निको हुने २,२१९
४-बहराइन ————- ३,९३४ / मृतक संख्या ८ / निको हुने १,८६०
५-ओमान —————२,९५८ / मृतक संख्या ५५ / निको हुने ९८०
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।