विदेशका लागि अब यी अस्पतालबाट मात्र पीसीआर गर्नुपर्ने
काठमाडौं, नेपाल
पछील्लो समय नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिरीएपछि अब विदेश जानका लागि सिमित प्रयोगशालाहरूलाई मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मान्यता दिएको छ ।
सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोगशालाले मात्रै पीसीआर परिक्षण गर्न पाइने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
मान्यता पाउने निजी अस्पतालमा अस्पताल स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पतल, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स हस्पिटलमात्र रहेका छन् ।
पीसीआर परीक्षण गर्न अस्पतालमा पासपोर्ट अथवा भारत यात्रा गर्ने हो भने पहिचान खुल्ने कागजात बुझाउनुपर्नेछ । सम्बन्धित व्यक्तिको फोटो र बारकोर्ड सहित अनलाइनमार्फत रिपोर्ट हेर्न मिल्ने प्रयोगशालाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो