"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा संक्रमण घट्दै गएपनी रोकिएन मृत्‍यु, नेपालमा भने भाइरसका कारण आज २८ जनाको निधन

कतार

कतारमा आज कोरोनाका कारण थप दश जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ४१, ४२, ४७, ४८, ५१, ५६, ६६, ६८, ७६ र ८० बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४१८ बाट ४२८ पुगेको छ ।

गत चौबिस घण्टामा देशभर थप ७०५ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख २ हजार २०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १० हजार १३२ जनालाई गरिएको परिक्षणमा आज ७०५ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ५०३ जना स्थानीय र २०२ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

हिजो कतारमा ७१८ जना संक्रमित भएका थिए ।

त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १५ सय ४८ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ८१ हजार ५२२ जना रहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

  • अस्पताल भर्ना हुने : ७९ जना
    हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,०८४ जना
  • आईसीयुमा भर्ना हुने : २२ जना
    हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४३१  जना
  • आज स्वाब जाँच गरिएको संख्या – १०,१३२ जस् मध्धे ४,३७५ जना नयाँ
    आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८ लाख ६२ हजार ४ सय ५९ जना
  • निको हुनेको संख्या – १,५४८ जना
    आज सम्म निको हुनेको संख्या – १ लाख ८१ हजार ५ सय २२ जना
  • निको हुन बाँकीको संख्या – २० हजार २५१ (सक्रिय संक्रमित)
  • आज मृत्‍युहुनेको संख्या – १०
    आज सम्म मृत्यु हुनेको संख्या – ४२८
  • आज खोप लगाइएको संख्या  – २० हजार ९८०
    आज सम्म खोप लगाइएको संख्या – १४ लाख १५ हजार ७६१


    सावधानी नअपनाउने ३५५ कारबाहीमा परे

    आन्तरिक मन्त्रालयले हिजो सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ३०९ जनालाई कारबाही गरेको छ । सामाजिक दूरी कायम नगर्ने ४५ लाई पनि कारबाही गरिएको मन्त्रालयले बताएको छ ।

    त्यस्तै एह्तेराज एप प्रयोग नगर्ने एक जना जनापनी कारबाहीमा परेका छन् ।

    कारबाहीमा पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।

    संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं ​​१७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।

    कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।

नेपाल

नेपालमा पछिल्ला दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा तीन हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा एक हजार १३२ गरी एक हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज थप २८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनाले कोरोनालाई जितेर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले भन्यो : संक्रमण रोक्न नसके अस्पतालमा कोरोनाका बिरामी राख्ने ठाउँ हुँदैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही गतिमा कोरोना भाइरसका संक्रमित थपिँदै गए केही दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँसम्म नहुने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज आइतबार विज्ञप्ति जारी गर्दै संक्रमणको चक्रलाई रोक्न नसके अस्पतालहरूमा बिरामी भरिभराउन हुने उल्लेख गरेका हुन् ।

‘संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय हुन् । संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैंलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन,’ उनले भनेका छन्, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलिन हुन नदिऔं, खबरदारी गरौं।’ उनले मास्क लगाउने र भौतिक दूरी कायम गर्न पनि आग्रह गरेका छन् ।

आइतबार नेपालमा तीन हजार एक सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंमा मात्रै एक हजार १३२ जनामा कोरोना देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button