कतारमा ५ लाख बढीले दुवै डाेज खोप लगाए
कतारमा ५ लाख ७ हजार ७ सय ४३ जनाले कोभिड- १९ को दुवै डाेज खोप लगाईसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस विरुद्धको अहिले खोप लगाउने योग्य जनसंख्याको यो २२.३ प्रतिशत हो । मन्त्रालयको अनुसार हालसम्म १४ लाख १५ हजार ७ सय ६१ डाेज खोप वितरण भैसकेको छ ।
राष्ट्रिय खोप वितरण कार्यक्रम अन्तर्गत २७ वटा पिएचसिसि केन्द्र,नेशनल कनभेसन सेन्टर ,औद्योगिक क्षेत्र,वक्रा र लुसेलमा दुई वटा ड्राइभ थ्रु सेन्टर गरि जम्मा ३५ केन्द्रहरुमा खोप वितरण जारी छ ।
कतारमा अहिले ३५ वर्ष भन्दा माथिका व्यक्तिलाई खोप वितरण भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो