कतारमा थप ९ को मृत्यु, नेपालमा ३,११२ संक्रमित भेटिए थप १२ जनाको निधन
कतार
कतारमा आज कोरोनाका कारण थप नै जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ४३, ५७, ६१, ६५, ६६, ६७, ७२, ७६ र ८० बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४२८ बाट ४३७ पुगेको छ ।
गत चौबिस घण्टामा देशभर थप ७०३ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख २ हजार ९०४ पुगेको छ ।
भाइरस देखिएका मध्ये ४२२ जना स्थानीय र २८१ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
हिजो कतारमा ७०५ जना संक्रमित भएका थिए ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १५ सय ७८ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ८३ हजार १०० जना रहेको छ ।
-
सावधानी नअपनाउने ३८४ कारबाहीमा परेआन्तरिक मन्त्रालयले हिजो सार्वजनिक स्थलमा भेला भएर बसेका एघार जना, मास्क नलगाई हिड्ने थप ३३२ जना र तीन जना गाडीमा बढी बस्ने लाई कारबाही गरेको छ । सामाजिक दूरी कायम नगर्ने ३३ लाई पनि कारबाही गरिएको मन्त्रालयले बताएको छ ।
त्यस्तै एह्तेराज एप प्रयोग नगर्ने र होमक्वारन्टीन को नियम पालना नगर्ने एक जना जनापनी कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।
नेपाल
नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१२ हजार ४०० जनाको पीसीआर र ८९३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या तीन लाख ३५ हजार ६१ पुगेको छ ।
त्यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७७ हजार ९५१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या तीन हजार १७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।