"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

खोप लगाएपनि कतार फर्कदा क्वारेन्टाइनमा बस्नुपर्ने

[अपडेट]- यो नियम अप्रिल २९ तारिख, बिहीबार कतारको समय अनुसार बिहान १२ बजे देखि लागू हुनेछ ।

नेपाल सहित ६ मुलुकका यात्रुले कोरोना विरुद्धको खोप लगाइसकेको भएपनि कतार आउँदा अनिवार्य १० दिन होटेल क्वारेन्टाइन वा मेकैनेस् सेन्टर मा १४ दिन बस्नुपर्ने नयाँ नियम आएको छ ।

भारतमा हालै कोरोनाले उग्र रुप लिए संगै कतारमा सार्वजनिक स्वास्थ्य संरक्षण गर्नका लागि नेपाल लगायत भारत, बांग्लादेश, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका नागरिक कतार आउँदा ४८ घन्टा अगाडिको पिसिआर परिक्षण संगै कम्तिमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सूचना स्वास्थ्य मन्त्रालयले आज एक ट्विट मार्फत जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार यो नियम खोप लगाइसकेका व्यक्तिहरुमा समेत लागू हुनेछ । यस अघी कतारमा दुई डोज खोप लगाएकाले १४ दिन देखि ६ महिना भित्र पुनः कतार फर्कदा पिसिआर परीक्षण गरे पुग्दथ्यो ।

त्यस्तै अन्य देश जानको लागि कतार हुँदै ट्रान्जिट पर्ने यात्रुलाई समेत पिसिआर परिक्षण अनिवार्य भएको छ । त्यस्ता यात्रुलाई हमाद विमानस्थलमा नै तीन सय रियाल शुल्कमा परिक्षण गर्ने व्यवस्था गरिएको छ। हालको यो नियम नै सबै भन्दा नयाँ रहेको र यो नियम अप्रिल २९ तारिक बिहिबार बाट लागू हुने मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनका लागि यतिखेर होटेल बुकिङ पाउन पनि गाह्रो देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button