कतारमा घट्दै छ संक्रमण नेपालमा थपिए ४५२४ संक्रमित थप १८ जनाको मृत्यु
कतार
गत चौबिस घण्टामा देशभर थप ६९५ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ३ हजार ५९९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १० हजार ९८४ जनालाई गरिएको परिक्षणमा आज ६९५ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ४५४ जना स्थानीय र २४१ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
हिजो कतारमा ७०३ जना संक्रमित भएका थिए । केही दिन यता कतारमा संक्रमितको संख्या घट्दै गरिरहेको छ ।
कतारमा आज कोरोनाका कारण थप चार जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ४३, ५४,७२ र ९१ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४४१ पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १६ सय १२ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ८४ हजार ४४६ जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : ६९ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १ हजार २ जना
आईसीयुमा भर्ना हुने : २० जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३८४ जना
आज स्वाब जाँच गरिएको संख्या – १० हजार ९८४ जस् मध्धे ४ हजार ५३२ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८ लाख ८९ हजार १९४ जना
निको हुनेको संख्या – १६ सय १२ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ८४ हजार ७१२ जना
निको हुन बाँकीको संख्या – १८ हजार ४४६ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ४
आज सम्म मृत्यु हुनेको संख्या – ४४१
आज खोप लगाइएको संख्या – २६ हजार ९२५
आज सम्म खोप लगाइएको संख्या – १४ लाख ६९ हजार ६३३
नेपाल
पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा कोभिडबाट १८ जनाको मृत्यु भएको हो ।
आज ५५५ भने कोरोनो बाट मुक्त भएका छन ।