कतारमा अझै १६,५७५ जना लाई निको हुन बाँकी, नेपालमा ३४,११७ छन् सक्रिय संक्रमित
कतार
गत चौबिस घण्टामा देशभर थप ६८७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ४९ हजार ९७६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १० हजार ६४८ जनालाई गरिएको परिक्षणमा आज ६८७ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३४२ जना स्थानीय र ३४५ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
हिजो कतारमा ६९० जना संक्रमित भएका थिए । केही दिन यता कतारमा क्रमश संक्रमितको संख्या घट्दै गरिरहेको छ ।
केही दिन यता क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिँदै गएका छन् । कतारमा आज कोरोनाका कारण थप पाँच जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ४१,४९,६४, ७५ र ८२ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४४५ बाट ४५० पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १६ सय ६३३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ८७ हजार ९५१ जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : ४७ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ९१० जना
आईसीयुमा भर्ना हुने : २३ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३७७ जना
आज स्वाब जाँच गरिएको संख्या – १० हजार ६४८ जस् मध्धे ५ हजार ४८५ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८ लाख ९९ हजार ०९१ जना
निको हुनेको संख्या – १६ सय ३३ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ८७ हजार ९५१ जना
निको हुन बाँकीको संख्या – १६ हजार ५७५ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ५
आज सम्म मृत्यु हुनेको संख्या – ४५०
आज खोप लगाइएको संख्या – २९ हजार ९४२
आज सम्म खोप लगाइएको संख्या – १५ लाख २६ हजार ७७५
नेपाल
पछिल्लो २४ घण्टामा थप ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।
यस्तै पछिल्लो घण्टामा ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ ।
कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो । नेपालमा ३४,११७ जना लाई निको हुन बाँकी नै छ ।