काेभिड-१९ विरुद्ध पहिलो डाेजकाे खोप लगाउनु भयो ?
कतारको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको दोस्रो डाेज खोप लगाउने प्रक्रियामा केहि परिवर्तन गरेको छ । पहिलो डाेज खोप लगाइसकेका व्यक्तिहरुलाई दोस्रो डाेज लगाउन तोकिएको खोप केन्द्र परिवर्तन गरिएको मन्त्रालयले बताएको छ ।
प्राइमरी हेल्थ केयर सेन्टर (पिएचसिसि) मा को- को आउने ?
१. पिएचसिसि अन्तर्गतको हेल्थ सेन्टरमा पहिलो डाेज खोप लगाएको भए सोहि केन्द्रमा नै दोस्रो डाेज खोप लगाउन बोलाइनेछ ।
२. पछिल्लो २० दिन यता पिएचसिसि हेल्थ सेन्टरमा खोप लगाएर ड्राइभ थ्रु सेन्टरमा दोस्रो डाेजका लागि तय गरिएको भए उक्त व्यक्तिहरुलाई अब कुनै एक पिएचसिसि हेल्थ सेन्टरमा बोलाइनेछ । त्यसका लागि मन्त्रालयले विवरण सहितको एसएमएस पठाउनेछ ।
३. एपोइन्टमेन्ट बिना आएका व्यक्तिहरुलाई खोप लगाइनेछैन ।
४. खोप लगाउन आउने व्यक्तिहरुले पहिलो डाेज लगाउँदा पाएको खोप कार्ड , कतारी आईडी र मोबाइलमा भएको एह्तेराज एपमा हरियो कोड देखाउनु पर्नेछ ।
ड्राइभ थ्रु सेन्टर (लुसेल वा वक्रा) मा को-को आउने ?
१. कतार नेशनल कन्भेसन सेन्टर (क्युएनसिसि) बाट पहिलो डाेजको खोप लगाएका व्यक्तिहरुलाई मात्र दोस्रो डाेजका लागि लुसेल र वक्रामा रहेको कुनै एक ड्राइभ थ्रु सेन्टरमा बोलाइनेछ ।
२. खोप केन्द्र,मिति र समय बारे मन्त्रालयले एसएमएस मार्फत खबर गर्नेछ।
३. फाइजर/ बायोनटेक कम्पनीको खोप लगाएको व्यक्तिलाई २१ दिनमा र मोडर्ना कम्पनीको खोप लगाएको व्यक्तिलाई २८ दिनमा बोलाइनेछ ।
४. खोप लगाउनका लागि आफ्नै निजि सवारी वा ट्याक्सीमा आउनुपर्नेछ । बस अथवा पैदल आउन निषेध गरिएको छ ।
५. खोप लगाउन आउने व्यक्तिहरुले पहिलो डाेज लगाउँदा पाएको खोप कार्ड , कतारी आईडी र मोबाइलमा भएको एह्तेराज एपमा हरियो कोड देखाउनु पर्नेछ ।
६. यदि तोकिएको समयमा कुनै कारणले खोप लगाउन नपाए अर्को मितिका लागि मन्त्रालयले नै एसएमएस मार्फत समय तोक्नेछ ।