डिजेलको भाउ घट्याे
कतार पेट्रोलियम (क्युपी)ले मे महिनाका लागि तेलको भाउ निर्धारण गरेको छ ।
क्युपीले मे महिनामा पेट्रोलको भाउ यथावत राखेको छ र डिजल भाउ ५ दिर्हामले घटाएको छ ।
निर्धारित नयाँ भाउ अनुसार मे महिनामा प्रिमियम पेट्रोलको १.८० ,सुपर पेट्रोलको १.८५ र डिजलको १.६५ रियाल प्रती लिटर पर्नेछ ।
Qatar Petroleum announces the diesel and gasoline prices for the month of May 2021#QP #QatarPetroleum #Qatar #fuel #gasoline #diesel pic.twitter.com/W4KvNhaWyu
— Qatar Petroleum (@qatarpetroleum) April 30, 2021
सन् २०१६ को अप्रिल देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्थ्यो । २०१७ को सेप्टेम्बर देखि भने कतार पेट्रोलियमले तेलको भाउ निर्धारण गर्दै आइरहेको छ ।