कतारमा आज आठ जनाको मृत्यु, नेपालमा संक्रमणबाट थप ३३ जनाको ज्यान गयो
कतार
गत चौबिस घण्टामा देशभर थप ६७६ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ५६ हजार ५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११ हजार २१८ जनालाई गरिएको परिक्षणमा आज ६७६ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ४५६ जना स्थानीय र २२० जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
हिजो कतारमा ६८७ जना संक्रमित भएका थिए । केही दिन यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गरिरहेको छ ।
क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिँदै गएका छन् । कतारमा आज कोरोनाका कारण थप आठ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ३३, ४४, ५०, ५६, ५७, ५९, ६१ र ७७ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४५० बाट ४५८ पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १५ सय ९३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ८९ हजार ५४४ जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : ५२ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ८४९ जना
आईसीयुमा भर्ना हुने : ११ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३७४ जना
आज स्वाब जाँच गरिएको संख्या – ११ हजार २१८ जस् मध्धे ४ हजार ८२१ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ३ हजार ९१२ जना
निको हुनेको संख्या – १५ सय ९३ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ८९ हजार ५४४ जना
निको हुन बाँकीको संख्या – १५ हजार ६५० (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ८
आज सम्म मृत्यु हुनेको संख्या – ४५८
आज खोप लगाइएको संख्या – २९ हजार ४२८
आज सम्म खोप लगाइएको संख्या – १५ लाख ५६ हजार २०३
४९.३ % ३५ बर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।
नेपाल
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
९२८ जना भने कोरोना को संक्रमण बाट मुक्त भएका छन् ।