"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा आज ६५० जनामा संक्रमण पुष्टि, नेपालमा ५७२७ जनामा संक्रमण देखियो

कतार

गत चौबिस घण्टामा देशभर थप ६५० जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ६३ हजार ०२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११ हजार २०५ जनालाई गरिएको परिक्षणमा आज ६५० जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३७१ जना स्थानीय र २७९ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

हिजो कतारमा ६७६ जना संक्रमित भएका थिए । केही दिन यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गरिरहेको छ ।

क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिँदै गएका छन् । हिजो ८ जना मृत्तक थपिएको कतारमा कतारमा आज कोरोनाका कारण थप ७ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ३९, ५०, ५५, ५६, ५९, ६७ र ६७ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४५८ बाट ४६५ पुगेको छ ।

त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १५ सय २७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ९१ हजार ७१ जना रहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : ३५ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ८२१ जना
आईसीयुमा भर्ना हुने : ८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३६४ जना
आज स्वाब जाँच गरिएको संख्या – ११ हजार २०५ जस् मध्धे ४ हजार ८०५ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ८ हजार ७१७ जना
निको हुनेको संख्या – १५ सय २७ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ९१ हजार ७१ जना
निको हुन बाँकीको संख्या – १४ हजार ७६६ (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ७
आज सम्म मृत्यु हुनेको संख्या – ४६५
आज खोप लगाइएको संख्या – २२ हजार ७९९
आज सम्म खोप लगाइएको संख्या – १५ लाख ७९ हजार २
४४.३ % ३५ बर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।

नेपाल
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । यो नेपालमा संक्रमण देखिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्यमा हो ।
कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३२९८ जना कोरोनाका कारण मृत्‍यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button