कतारमा संक्रमण घट्दै तर मृत्तक थपिँदै, नेपालमा हालसम्मकै उच्च संक्रमण थपिए ७२११ संक्रमित
कतार
गत चौबिस घण्टामा देशभर थप ६४६ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ६ हजार ९४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११ हजार २०५ जनालाई गरिएको परिक्षणमा आज ६४६ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३९१ जना स्थानीय र २५५ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
हिजो कतारमा ६५० जना संक्रमित भएका थिए । केही दिन यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गरिरहेको छ ।
क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिँदै गएका छन् । अस्ती ८, हिजो ७ हिजो जना मृत्तक थपिएको कतारमा कतारमा आज पनि कोरोनाका कारण थप ७ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ४३, ४५, ४७, ५४, ५५, ७७ र ८१ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४६५ बाट ४७२ पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १४ सय ८० जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ९२ हजार ५५१ जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : २४ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ७६४ जना
आईसीयुमा भर्ना हुने : ८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३४१ जना
आज स्वाब जाँच गरिएको संख्या – १२ हजार ७८९ जस् मध्धे ४ हजार ४१० जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख १३ हजार १२७ जना
निको हुनेको संख्या – १४ सय ८० सय जना
आज सम्म निको हुनेको संख्या – १ लाख ९२ हजार ५५१ जना
निको हुन बाँकीको संख्या – १३ हजार ९२५ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ७
आज सम्म मृत्यु हुनेको संख्या – ४७२
आज खोप लगाइएको संख्या – २४ हजार ९११
आज सम्म खोप लगाइएको संख्या – १६ लाख ३ हजार ९१३
४४.७% १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।
नेपाल
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।