आज २०९ जनाको रिपोर्ट पोजेटिभ

गएको २४ घण्टामा २०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १२६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १६७ जना स्थानीय र ४२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४५,०६१ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,०८२ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४५ रहेको छ र निको हुनेको संख्या १,४२,१८२ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३२ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २८८ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३२जना
आज सम्म जाँच भएको संख्या – १२,६६,६६२ जना
अझै निको हुन बाँकीको संख्या : २,६३४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।