कतारमा थप ६४० जनामा संक्रमण, नेपालमा आज एकै दिन ५५ जनाको मृत्‍यु

कतार

गत चौबिस घण्टामा देशभर थप ६४० जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ८ हजार २ सय ३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४ हजार ७०६ जनालाई गरिएको परिक्षणमा आज ६४० जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३६७ जना स्थानीय र २७३ ​ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

हिजो कतारमा ६४४ जना संक्रमित भएका थिए । केही हप्ता यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गरिरहेको छ ।

क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिँदै गएका छन् । अस्ती ७, हिजो ८ जना मृत्तक थपिएको कतारमा आज भने  कोरोनाका कारण थप तीन जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ५० ७२ र ७८ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४८० बाट ४८३ पुगेको छ ।

त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १४ सय २२ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ९५ हजार ५२१ जना रहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : ३१ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ७०७ जना
आईसीयुमा भर्ना हुने : १० जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३०८ जना
आज स्वाब जाँच गरिएको संख्या – १४ हजार ७०६ जना जस् मध्धे ५ हजार ३८३ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख २३ हजार ३९२ जना
निको हुनेको संख्या – १४ सय २२ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ९५ हजार ५२१ जना
निको हुन बाँकीको संख्या – १२ हजार २२८ (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ३
आज सम्म मृत्यु हुनेको संख्या – ४८३
आज खोप लगाइएको संख्या – ३५ हजार ५१३
आज सम्म खोप लगाइएको संख्या – १६ लाख ७० हजार ९११
४६.१ % १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।

नेपाल

काठमाडौं – नेपालमा पछील्लो २४ घण्टामा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।

देशभर ५९ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button