"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा आज थप ६ को मृत्‍यु ६४५ मा संक्रमण , नेपालमा ५८ जनाको मृत्यु ८६५९ जनामा संक्रमण पुष्टि

कतार

हिजो ६४० जनामा संक्रमण देखिएको कतारमा आज भने ६४५ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ८ हजार ८ सय ७७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १३ हजार ८५४ जनालाई गरिएको परिक्षणमा आज ६४५ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३३४ जना स्थानीय र ३११ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

केही हप्ता यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गरिरहेको मा आज भने ५ संख्याले संक्रमण दर बढेको छ ।

क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ८ , हिजो ३ जना मृत्तक थपिएको कतारमा आज भने  कोरोनाका कारण थप ६ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ४८, ४९, ६२, ६३, ६५ र ९१ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४८३ बाट ४८९ पुगेको छ ।

त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १३ सय ८५ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ९६ हजार ९०६ जना रहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : २८ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ६४८ जना
आईसीयुमा भर्ना हुने : ९ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २९६ जना
आज स्वाब जाँच गरिएको संख्या – १३ हजार ८५४ जना जस् मध्धे ४ हजार ४२७ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख २७ हजार ८१९ जना
निको हुनेको संख्या – १३ सय ८५ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ९६ हजार ९०६ जना
निको हुन बाँकीको संख्या – ११ हजार ४८२ (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ६
आज सम्म मृत्यु हुनेको संख्या – ४८९
आज खोप लगाइएको संख्या – ३१ हजार ३
आज सम्म खोप लगाइएको संख्या – १७ लाख १ हजार ९१४
४४.७ % १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।

नेपाल

काठमाडौं –

पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ९ सय ९३ जना संक्रमण मुक्त भएका छन् ।

देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button