"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा घट्दै छ संक्रमण आज ५९३ संक्रमण पुष्टि, नेपालमा लगातार उकालो लाग्दै संक्रमण र मृत्‍युदर

कतार

हिजो ६४५ जनामा संक्रमण देखिएको कतारमा आज भने ५९३ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ९ हजार ४ सय ७० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १८ हजार १७७ जनालाई गरिएको परिक्षणमा आज ५९३ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३८९ जना स्थानीय र २०४ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

केही हप्ता यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गरिरहेको छ ।  आज हिजोको भन्दा ५२ ले कमी आएको हो ।

कतारमा क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ३ , हिजो ६ जना मृत्तक थपिएको कतारमा आज भने  कोरोनाका कारण थप ४ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ४९, ६३, ६८ र ७३ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४८९ बाट ४९३ पुगेको छ ।

त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १३ सय २१ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ९८ हजार २२७ जना रहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : २४ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ६०८ जना
आईसीयुमा भर्ना हुने : १८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २७९ जना
आज स्वाब जाँच गरिएको संख्या – १८ हजार १७७ जना जस् मध्धे ४ हजार ८०१ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ३२ हजार ६२० जना
निको हुनेको संख्या – १३ सय २१ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ९८ हजार २२७ जना
निको हुन बाँकीको संख्या – १० हजार ७५० (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ४
आज सम्म मृत्यु हुनेको संख्या – ४९३
आज खोप लगाइएको संख्या – ३० हजार ५५७
आज सम्म खोप लगाइएको संख्या – १७ लाख ३२ हजार ४७१
४७.७% – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।

नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button