बिज्ञापन

कतारमा थप ३ को मृत्‍यु १२१७ जना संक्रमणमुक्त, नेपालमा थपिए ९१९६ संक्रमित ५० जनाको मृत्यु

कतार

हिजो ५९३ जनामा संक्रमण देखिएको कतारमा आज भने ६०० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १० हजार ७० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १८ हजार ६०९ जनालाई गरिएको परिक्षणमा आज ६०० जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३५१ जना स्थानीय र २४९ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

केही हप्ता यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गहिरहेको भए पनि हिजो को भन्दा आज ७  जना बढी संक्रमण देखिएको छ ।

कतारमा क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ६ , हिजो ४ जना मृत्तक थपिएको कतारमा आज भने  कोरोनाका कारण थप ३ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा २७, ६९ र ७३ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४९३ बाट ४९६ पुगेको छ ।

त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १२ सय १७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ९९ हजार ४४४ जना रहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : १४ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ५५१ जना
आईसीयुमा भर्ना हुने : ९  जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २७४ जना
आज स्वाब जाँच गरिएको संख्या – १८ हजार ६०९ जना जस् मध्धे ४ हजार ५८४ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ३७ हजार २०४ जना
निको हुनेको संख्या – १२ सय १७ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ९९ हजार ४४४ जना
निको हुन बाँकीको संख्या – १० हजार १३० (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ३
आज सम्म मृत्यु हुनेको संख्या – ४९६
आज खोप लगाइएको संख्या – ३० हजार ७४
आज सम्म खोप लगाइएको संख्या – १७ लाख ६२ हजार ५४५
४८.४ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।

नेपाल

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै नेपालमा ९ हजार १९६ जनालाई कोरोना देखिएको हो । २० हजार ४८२ जनामा गरिएको परिक्षणमा ९१९६ जनामा कोरोना देखिएको हो ।  योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

#qatarnepal #nepalqatar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button