कतारमा सक्रिय संक्रमित संख्या १० हजार भन्दा तल, नेपालमा भने ८३४९३ जनामा अझै कोरोना सक्रिय
कतार
हिजो ६०० जनामा संक्रमण देखिएको कतारमा आज भने ५३३ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १० हजार ६०३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १६ हजार ४१२ जनालाई गरिएको परिक्षणमा आज ५३३ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३४२ जना स्थानीय र १९१ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
केही हप्ता यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गहिरहेको छ । आज हिजो भन्दा ६७ ले दैनिक संक्रमणमा कमी आएको हो । यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ९ हजार ६३४ मा झरेको छ ।
तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ४, हिजो ३ जना मृत्तक थपिएको कतारमा आज भने कोरोनाका कारण थप ६ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ४७, ५३, ५३, ५६, ५७ र ७६ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४९६ बाट ५०२ पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा धन्नै दोब्बर १ हजार २३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६७ जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : २१ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ५१६ जना
आईसीयुमा भर्ना हुने : ७ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २६१ जना
आज स्वाब जाँच गरिएको संख्या – १६ हजार ४१२ जना जस् मध्धे ३ हजार ९६७ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ४१ हजार १७१ जना
निको हुनेको संख्या – १ हजार २३ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ४६७ जना
निको हुन बाँकीको संख्या – ९ हजार ६३४ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ६
आज सम्म मृत्यु हुनेको संख्या – ५०२
आज खोप लगाइएको संख्या – २४ हजार ६१५
आज सम्म खोप लगाइएको संख्या – १७ लाख ८७ हजार १६०
४८.६ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।
नेपाल
हिजो ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपालमा आज भने दैनिक संक्रमणमा केही कमी आएको छ ।
आज २४ घण्टामा ८ हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन् । देशभरक प्रयोगशालाहरुमा १८ हजार ३०४ जनाको स्वाब परीक्षण गरिएकोमा ८ हजार ४१८ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । जुन कुलसंक्रमितको ७७ दशमलव ४ प्रतिशत हो ।
देशभर अहिले ८३ हजार ४९३ अर्थात २१ दशमलव ७ प्रतिशतमा मात्र कोरोना सक्रिय छ ।
यस्तै संक्रमित मध्ये ० दशमलव ९ प्रतिशतको मात्र मृत्यु भएको छ । ८३ हजार ४९३ जनामा अझै कोरोना सक्रिय छ ।संक्रमि त मध्ये ३ हजार ६३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५३ जना संक्रमितको मृत्यु भएको छ ।
#कतारनेपाल #नेपालकतार #qatarnepal #nepalqatar