कतारमा घट्दै छ संक्रमण, नेपालमा संक्रमण घट्ने संकेत देखिएन
हिजो ५३३ जनामा संक्रमण देखिएको कतारमा आज ३८९ भने मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १० हजार ९९२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४ हजार ५२४ जनालाई गरिएको परिक्षणमा आज ३८९ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये २९२ जना स्थानीय र ९७ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
केही हप्ता यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गहिरहेको छ । आज हिजो भन्दा १४४ ले दैनिक संक्रमणमा कमी आएको हो । यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ८ हजार ९५४ मा झरेको छ ।
तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ३, हिजो ६ जना मृत्तक थपिएको कतारमा आज भने कोरोनाका कारण थप ६ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ४३, ५१, ५५, ५७, ६६, र ६९ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५०२ बाट ५०८ पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा धन्नै दोब्बर १ हजार ६३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १ हजार ५३० जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : १४ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ४८९ जना
आईसीयुमा भर्ना हुने : ८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २५२ जना
आज स्वाब जाँच गरिएको संख्या – १४ हजार ५२४ जना जस् मध्धे ३ हजार ९४० जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ४५ हजार १११ जना
निको हुनेको संख्या – १ हजार ६३ जना
आज सम्म निको हुनेको संख्या – २ लाख १ हजार ५३० जना
निको हुन बाँकीको संख्या – ८ हजार ९५४ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ६
आज सम्म मृत्यु हुनेको संख्या – ५०८
आज खोप लगाइएको संख्या – २६ हजार ८०
आज सम्म खोप लगाइएको संख्या – १८ लाख १३ हजार २४०
४९.१ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।
नेपाल
नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभर गरिएको १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।
त्यस्तै थप ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ , जसमध्ये ५२ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन् । योसँगै नेपालमा तीन हजार सात सय २० जनाले कोरोनाका कारण हालसम्म ज्यान गुमाएका छन् ।
त्यस्तै थप चार हजार २२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालम तीन लाख दुई हजार सात सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
हाल ८८ हजार १६० सक्रिय संक्रमित आइशोलेशनमा र ४१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ३४ हजार ५०४ वटा पिसिआर गरिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।