कतारमा घट्दै छ संक्रमित हुनेको संख्या, नेपालमा आज एकै दिन १३९ जनाको मृत्यु
कतार
हिजो ३८९ जनामा संक्रमण देखिएको कतारमा आज ३९७ भने मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ११ हजार ३८९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १७ हजार १०९ जनालाई गरिएको परिक्षणमा आज ३९७ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये २७७ जना स्थानीय र १२० जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ८ हजार ३२५ मा झरेको छ ।
तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ६, हिजो ६ जना मृत्तक थपिएको कतारमा आज भने कोरोनाका कारण थप ४ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ४६, ५२, ५४, र ६२ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५०८ बाट ५१२ पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा धन्नै दोब्बर १ हजार २२ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ५५२ जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : १६ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ४७४ जना
आईसीयुमा भर्ना हुने : ५ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २३१ जना
आज स्वाब जाँच गरिएको संख्या – १७ हजार १०९ जना जस् मध्धे ४ हजार २३९ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ४९ हजार ३५० जना
निको हुनेको संख्या – १ हजार २२ जना
आज सम्म निको हुनेको संख्या – २ लाख २ हजार ५५२ जना
निको हुन बाँकीको संख्या – ८ हजार ३२५ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ४
आज सम्म मृत्यु हुनेको संख्या – ५१२
आज खोप लगाइएको संख्या – ३१ हजार ४१८
आज सम्म खोप लगाइएको संख्या – १८ लाख ४४ हजार ६५८
४९.६ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।
नेपाल
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।
त्यस्तै ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।