"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा आधा भन्दा बढी योग्य व्यक्तिहरुले कोरोना बिरूद्धको पहिलो डोजको खोप लगाए

कतार

हालसम्म कतारमा ५०.१ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिहरु ले कम्तिमा कोरोना बिरूद्धको खोपको पहिलो डोज प्राप्त गरेका छन् भने ३२.७ % योग्य व्यक्तिले दुई डोज खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले आज बताएको छ ।

हिजो ३९७ जनामा संक्रमण देखिएको कतारमा आज भने ३४३  मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ११ हजार ७३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १६ हजार २८ जनालाई गरिएको परिक्षणमा आज ३४३ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये २४२ जना स्थानीय र १०१ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ७ हजार ६७० मा झरेको छ ।

तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ६, हिजो ४ जना मृत्तक थपिएको कतारमा आज पनि  कोरोनाका कारण थप ४ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ३३, ४९, ७०, र ७३ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५१२ बाट ५१६ पुगेको छ ।

त्यस्तै आज पनि संक्रमित भन्दा धन्नै दोब्बर ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३ हजार ५४६ जना रहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : २३ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ४२६ जना
आईसीयुमा भर्ना हुने : १० जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २२४ जना
आज स्वाब जाँच गरिएको संख्या – १६ हजार २८ जना जस् मध्धे ४ हजार ८२३ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ५४ हजार १७३ जना
निको हुनेको संख्या – ९९४ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ३ हजार ५४६ जना
निको हुन बाँकीको संख्या – ७ हजार ६७० (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ४
आज सम्म मृत्यु हुनेको संख्या – ५१६
आज खोप लगाइएको संख्या – ३१ हजार ५२०​
आज सम्म खोप लगाइएको संख्या – १८ लाख ७६ हजार १७८

हालसम्म कतारमा ५०.१ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् भने ३२.७ % योग्य व्यक्तिले दुई डोज खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नेपाल

नेपालमा पछिल्लो चौबिस घण्टामा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने आज सङ्क्रमणबाट २२५ को निधन भएको छ । आज निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो ।  आज निधन हुनेसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन् ।

यस्तै पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्ला ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी –बर्दघाट सुस्तापूर्व, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी –बर्दघाट सुस्तापश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।

त्यस्तै आज ५ हजार २ सय २५ जना डिस्चार्ज भएका छन् ।

सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् ।
यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button