"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा भाइरसका कारण आज ३ जनाको मृत्‍यु, नेपालमा ९ हजार ३०५ जनामा कोरोना संक्रमण

कतार

हिजो ३४३ जनामा संक्रमण देखिएको कतारमा आज भने ३९२ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १२ हजार १२४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १८ हजार १६२ जनालाई गरिएको परिक्षणमा आज ३९२ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये २२४ जना स्थानीय र १६८​ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

त्यस्तै आज पनि संक्रमित भन्दा धन्नै दोब्बर ८ सय ६२ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ४०८ जना रहेको छ

यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ७ हजार १९७ मा झरेको छ ।

तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ४, हिजो ४ जना मृत्तक थपिएको कतारमा आज पनि  कोरोनाका कारण थप ३ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ५६, ५८, र ७२ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५१६ बाट ५१९ पुगेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : २१ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ४११ जना
आईसीयुमा भर्ना हुने : १३ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २३१ जना
आज स्वाब जाँच गरिएको संख्या – १८ हजार १६२ जस् मध्धे ३ हजार ८०५ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ५७ हजार ९७८ जना
निको हुनेको संख्या – ८६२ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ४ हजार ४०८ जना
निको हुन बाँकीको संख्या –७ हजार १९७ (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ३
आज सम्म मृत्यु हुनेको संख्या – ५१९
आज खोप लगाइएको संख्या – ३५ हजार ४८५
आज सम्म खोप लगाइएको संख्या – १९ लाख ११ हजार ६६३

हालसम्म कतारमा ५०.७ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् ।

नेपाल

नेपालमा आज एकै दिन नौं हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०, भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख एक हजार ६३४ सक्रिय संक्रमित रहेका छन् । ५१७ जना क्वारेन्टाइनमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button