इद पछि ३० वर्ष देखि माथिकाले खोप लगाउन पाउने
कतारमा इद अल फित्रको बिदा सकिएपछि ३० वर्ष भन्दा माथिका व्यक्तिलाई कोभिड १९ को खोप वितरण गरिने भएको छ ।
त्यस्तै १२ देखि १५ वर्षका बालबालिका पनि फाइजर बायोनटेक कम्पनीको खोप वितरण सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसअघि १६ वर्ष भन्दा माथिकालाई मात्र खोप वितरण हुँदै आएको थियो ।
मन्त्रालयले नेपाल लगायत ६ राष्ट्र बाहेक अन्य देशका खोप लगाएका यात्रुलाई कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्ननपर्ने नियम ९ महिना सम्मका लागि थप गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो