कतारमा आज २६० जना कोरोना संक्रमित थपिए, नेपालमा ५४५५ जना संक्रमणमुक्त
कतार
हिजो २४४ जनामा संक्रमण देखिएको कतारमा आज बढेर २६० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १२ हजार ९२७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११ हजार ३६५ जनालाई गरिएको परिक्षणमा आज २६० जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये १६९ जना स्थानीय र ९१ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर ५ सय ५७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेर २ लाख ६ हजार ३०७ रहेको छ
यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ६ हजार ०९४ मा झरेको छ ।
तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती ३, हिजो २ जना मृत्तक थपिएको कतारमा आज पनि कोरोनाका कारण थप २ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ३७ र ६१ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५२४ बाट ५२६ पुगेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : १४ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ३७८ जना
आईसीयुमा भर्ना हुने : ४ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २०८ जना
आज स्वाब जाँच गरिएको संख्या – ११ हजार ३६५ जस् मध्धे २ हजार ७५६ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ६७ हजार ३५४ जना
निको हुनेको संख्या – ५५७ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ६ हजार ३०७ जना
निको हुन बाँकीको संख्या –६ हजार ०९४ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – २
आज सम्म मृत्यु हुनेको संख्या – ५२६
आज खोप लगाइएको संख्या – २५ हजार २७०
आज सम्म खोप लगाइएको संख्या – २० लाख २ हजार १८
हालसम्म कतारमा ५१.९ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् ।
अभिभावकहरूले १२ देखि १५ वर्ष उमेरका आफ्ना बच्चाहरूलाई स्वास्थ्य मन्त्रालयको वेबसाइट (www.moph.gov.qa) मार्फत भोलि आइतबार देखि फाइजर-बायोटेक खोप लिनका लागि दर्ता गर्न सक्नेछन् ।
नेपाल
नेपालमा आज एकै दिन ८ हजार १६७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
कोरोनाका कारण थप १८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।