नेपालमा अक्सिजनको आयात बढ्दै, केही दिनमै अभाव कम हुने नेपाल सरकारको दाबी
अस्पतालमा अक्सिजनको हाहाकार भैरहेको बेला सरकारले अबको केही दिनमै अभाव कम हुने दाबी गरेको छ । आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले एक, दुई दिनमै अक्सिजन सहज हुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भैरहेको पनि बताउनुभयो । यसैबीच ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट हिजो अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।
अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघ मध्यपुर्वको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज अक्सिजन सिलिण्डर लिन गएराति नै चीनको राजधानी बेइजिङ गएको छ ।
त्यस्तै चीनले नेपाललाई दिएका १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन् । अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारले जनाएको छ । सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् ।
खाडी मुलुकबाट नेपालीले पठाएको अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण
वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले पठाएको ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच ५६० वटा सिलिण्डर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीज्यूलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ (