"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा आज २५६ जनामा कोरोना संक्रमण, नेपालमा आज ७ हजार ३६८ संक्रमित थपिए

कतार

हिजो २६० जनामा संक्रमण देखिएको कतारमा आज घटेर २५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १३ हजार १८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १० हजार ७८२ जनालाई गरिएको परिक्षणमा आज २५६ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये १४४ जना स्थानीय र ११२​ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर ७ सय ७० जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेर २ लाख ७ हजार ७७ रहेको छ

यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ५ हजार ५७६ मा झरेको छ ।

तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती २, हिजो २ जना मृत्तक थपिएको कतारमा आज पनि  कोरोनाका कारण थप  ४ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ५६ ,६७, ७४ र ७७ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५२६ बाट ५३० पुगेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : १४ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कु६ल संख्या : ३४ जना

आईसीयुमा भर्ना हुने : ६ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : २०५ जना
आज स्वाब जाँच गरिएको संख्या – १० हजार ७८२ हजार जस् मध्धे ३ हजार ४४६ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ७० हजार ८०० जना
निको हुनेको संख्या – ७७० जना
आज सम्म निको हुनेको संख्या – २ लाख ७ हजार ७७ जना
निको हुन बाँकीको संख्या –५ हजार ५७६ (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – ४
आज सम्म मृत्यु हुनेको संख्या – ५३०
आज खोप लगाइएको संख्या – ३३ हजार ४५७
आज सम्म खोप लगाइएको संख्या – २० लाख ३५ हजार ४७५

हालसम्म कतारमा ५२.५ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् ।

अभिभावकहरूले १२ देखि १५ वर्ष उमेरका आफ्ना बच्चाहरूलाई स्वास्थ्य मन्त्रालयको वेबसाइट (www.moph.gov.qa) मार्फत आज आइतबार देखि फाइजर-बायोटेक  खोप लिनका लागि दर्ता गर्न सक्नेछन् ।

नेपाल

देशभर गत २४ घण्टामा ७ हजार ३६८ संक्रमित थपिएका छन् । १९ हजार ५ सय ३९ जनाकाे पीसीआर र ३ सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ७ हजार ३ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणका कारण २४ घण्टामा १४५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म ७४.६ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button