कुवेतमा जारी रहेको आंशिक कर्फ्यू इद उल फित्रको पहिलो दिनबाट हट्यो

कुवेत सरकारले ईदको पहिलो दिनबाट आंशिक कर्फ्यू खारेज गरेको छ। प्रधानमन्त्री शेख सवाह अल खालेदको नेतृत्वमा इद उल फित्र अगाडि बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । दुई महिना भन्दा लामो समयदेखि जारी आंशिक कर्फ्यू खारेज गरिएको बारे कुवेत स्थित अल कबास दैनिक, अरबटाइम्स लगायतले समाचार प्रकाशित गरेका छन् ।
कुवेतले जारी गरेको आंशिक कर्फ्यू हटाएपनी आप्रवासीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम राखेको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध कयाम नै छन् ।