शुरू भयो नेशनल डे पर्व

यो वर्षको कतार नेशनल डे औपचारिक रुपमा हिजो बाट दार्ब अल साई मा उद्घाटन भएको छ।राष्ट्रिय झण्डै फहराउँदै हजारौं दर्शकहरुको माझ १० दिने कार्यक्रमको शुरुवात भएको हो।

Opening of Darb Al Saai yesterday.
Pic: Abdul Basit

नेशनल डे को अवसरमा यो वर्ष विभिन्न सरकारी कार्यालयहरू बाट जम्मा २९ कार्यक्रमहरु आयोजना हुँदैछ।

सो अवसरमा रक्षा तथा उपप्रधानमन्त्री डा.खालिद बिन मोहम्मद अल अत्तियाह,कर्मचारी प्रमुख मेजर जेनेरल घनीम बिन शाहिन अल घनीम द्वारा रक्षा मन्त्रालयले पहिलो पटक दार्ब अल साई मा राखेको रङ्गमञ्चको अवलोकन गरेका थिए।त्यहाँ विभिन्न सैन्य मेसिन, ट्यांक सहितको अन्य सवारी साधन अवलोकनको लागि राखिएको छ।

कार्यक्रममा गिनिज बुक मा रेकर्ड राख्न १४ हजार हस्ताक्षर गरिने अमिरको अहिले सम्मकै ठूलो रुपचित्र पनि राखिएको छ।

ईमानदारी,एकता,कतारी नागरिक हुनुमा गर्व लगायतको विषय सशक्त बनाउनु यो वर्षको नेशनल डे को मुख्य उदेश्य रहेको छ।

कार्यक्रममा रक्षा मन्त्रालय,नागरिक रक्षा विभाग,वातावरण तथा नगरपालिका मन्त्रालय,प्रहरी कलेज,ट्राफिक विभाग,कतार विकास बैंक,कतार फाउन्डेसन लगायत विभिन्न सरकारी तथा निजी संस्थाहरुको सहभागिता रहनेछ।

Opening of Darb Al Saai yesterday.
Pic: Abdul Basit

सरकारले पहिलो पटक यो वर्ष आप्रवासी समुदायलाई समेत नेशनल डे मा सहभागी गराउँदै छ।कार्यक्रमको मापदण्ड पूरा हुनेगरी आफ्नो देशको संस्कृति तथा परम्परा देखाउने अवसर आप्रवासी समुदायले यसपटक पाएको छ।

डिसेम्बर २० तारिख सम्म चल्ने उक्त कार्यक्रम बिहान ८ बजे देखि १२ बजे सम्म,बेलुका ४ बजे देखि राति १० बजे सम्म र शुक्रबार दिउँसो २ बजे देखि राति ११ बजे सम्म अवलोकन गर्न सकिनेछ।

बिज्ञापन : नेपाली चलचित्र दुई रुपैयाँ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button