नेपालीसहित चार देशका यात्रुलाई यूएई प्रवेशमा रोक

संयुक्त अरव ईमिरेट्स (यूएई) ले नेपाल सहित चार मुलुकका नागरिकलाई युएई प्रवेशमा बन्देज लगाएको छ । नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकाबाट जानेहरुले अर्को सुचना नआए सम्मका लागि युएईमा प्रवेश पाउने छैनन् ।
यात्रा बन्देज लागेपनि यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारीहरु, व्यवसायीहरु, गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भनें युएई प्रवेशको अनुमति पाउने छन् । उनीहरुले पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआरको रिपोर्ट नेगेटीभ रहेको, विमानस्थलमा पुन: पिसिआर परीक्षण गर्नुपर्ने , १० दिनको क्वारेण्टीन अनिवार्य बस्नुपर्ने , युएई प्रवेश पश्चात चौथो तथा आठौं दिन पुन: पिसिआर गर्नुपर्ने लगायतका शर्तहरु भने उनिहरुले पुरा गर्नुपर्ने हुन्छ ।