शुक्रवार र शनिवार गर्मी बढ्ने, तापक्रम ४० डिग्री सम्म पुग्न सक्ने अनुमान

शुक्रवार र शनिवार कतारको तापक्रम वृद्धि हुने भएको छ । मौसम विभागले सामाजिक संजाल मार्फत वायुको दिशा दक्षिण तर्फ परिवर्तन हुने हुँदा मौसम केही गर्मी हुने बताएको छ । यस अवधीमा उच्च तापक्रम ३७ देखी ४० डिग्री सेल्सियस सम्म पुग्न सक्नेछ ।

यद्यपि मंगलवार देखि उत्तरपश्चिमी कडा वायुको सक्रियताले तापक्रम पुन अहिलेको अवस्थामा आउने विभागले बताएको छ । मंगलवार रातको समयमा हल्का चिसो महसुश गर्न पनि सकिने मौसम विभागले बताएको छ ।

यस अवधिभर समुद्री क्रियाकलाप नगर्न,सावधानी अपनाउन र मौसम बारे पछिल्लो अपडेट लिन विभागको आधिकारिक सामाजिक सन्जाल मात्र हेर्न विभागले आग्रह पनि गरेको छ ।

गर्मीमा अपनाउनु पर्ने सुरक्षाका उपायहरू

स्वास्थ्य मन्त्रालयले जारी गरेको गर्मीमा अपनाउनु पर्ने सामान्य सुरक्षाका उपायहरू यस्ता छन्।

१. सिधा घाममा वा बाहिरी क्रियाकलाप सकेसम्म नगर्ने।

२.घाम परावर्तन गर्ने खालको हलुका रङ्गको मात्र कपडा लगाउने।

३.बाहिरी कामदारहरुले बेलाबेलामा छायाँ पर्ने ठाउँमा आराम गर्ने।

४.गर्मीको समयमा बच्चाहरूलाई गाडी भित्र नछोड्ने।

५.धेरै भन्दा धेरै सफा पानी पिउने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button