घाममा काम लगाउने ८४ कम्पनीलाई कारबाही

प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले घाममा काम लगाउने ८४ कम्पनीलाई कारबाही गरेकोे छ । मन्त्रालयले जुन १८ देखि जुलाई २ तारिक सम्म गरेकोे निरीक्षणमा ती कम्पनीहरुले नियमको उल्लंघन गरेको भेटिएको थियो । मन्त्रालयले यसअघि नियम उल्लंघन गरेको भन्दै ५६ कम्पनीलाई कारबाही गरेको थियो ।
قامت الوزارة بحملات تفتيشية مكثفة بغرض التأكد من التزام الشركات بتطبيق القرار الوزاري رقم (١٦) لسنه ٢٠٠٧ بشأن ساعات العمل للأعمال التي تؤدى تحت أشعة الشمس
وأسفرت الزيارات الميدانية عن ضبط (٨٤) شركة، وتم إغلاق مواقع الشركات المخالفة .
للتفاصيل:https://t.co/Qu0wYck60e
— وزارة التنمية والعمل (@ADLSAQa) July 4, 2020
२००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार कतारमा जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन पाईदैन । कारबाहीमा परेका निर्माणाधीन , कृषि र उद्योग क्षेत्रका ती कम्पनीलाई तीन दिन बन्द गर्नुपर्ने सजाय दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउन निर्देशन दिएको छ । कम्पनीले नियमको उल्लंघन गरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।