कतारमा २० लाख डाेज खोप वितरण
कतारमा कोभिड- १९ विरुद्धको २० लाख डाेज खोप वितरण भैसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म देशको आधा जनसंख्या भन्दा बढीले कम्तीमा पनि एक डाेज खोप लगाइसकेको मन्त्रालयको तथ्यांकले देखाएको छ । त्यस्तै ६० वर्ष भन्दा माथिका ८२.३ प्रतिशत व्यक्तिले दुबै डाेज खोप लगाइसकेका छन् ।
राष्ट्रिय खोप वितरण कार्यक्रम अन्तर्गत २७ वटा पिएचसिसि केन्द्र,नेशनल कनभेसन सेन्टर ,औद्योगिक क्षेत्र,वक्रा र लुसेलमा दुई वटा ड्राइभ थ्रु सेन्टर गरि जम्मा ३५ केन्द्रहरुमा खोप वितरण जारी छ ।
कतारमा अहिले ३० वर्ष भन्दा माथिका व्यक्तिलाई खोप वितरण भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो