कतारमा आज बढेर ३०२ जनामा कोरोना संक्रमण, नेपालमा भने आज ९,२४७ संक्रमित थपिए
कतार
हिजो २५६ जनामा संक्रमण देखिएको कतारमा आज बढेर ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १३ हजार ४८५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १५ हजार ३८२ जनालाई गरिएको परिक्षणमा आज ३०२ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये २१० जना स्थानीय र ९२ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर ७ सय १९ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेर २ लाख ७ हजार ७९६ रहेको छ
यो संगै कतारमा सक्रिय संक्रमितको संख्या ५ हजार १५७ झरेको छ ।
तर कतारमा संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम जारीनै रहेको छ । अस्ती २, हिजो ४ जना मृत्तक थपिएको कतारमा आज पनि कोरोनाका कारण थप २ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ३४ र ७८ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५३० बाट ५३२ पुगेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : ९ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ३३९ जना
आईसीयुमा भर्ना हुने : ७ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : १९६ जना
आज स्वाब जाँच गरिएको संख्या – १५ हजार ३८२ जस् मध्धे ३ हजार ८६ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ७३ हजार ८८६ जना
निको हुनेको संख्या – ७१९ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ७ हजार ७९६ जना
निको हुन बाँकीको संख्या –५ हजार १५७ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – २
आज सम्म मृत्यु हुनेको संख्या – ५३२
आज खोप लगाइएको संख्या – ३७ हजार ८७९
आज सम्म खोप लगाइएको संख्या – २० लाख ७३ हजार ३५४
हालसम्म कतारमा ५३.२ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् ।
अभिभावकहरूले १२ देखि १५ वर्ष उमेरका आफ्ना बच्चाहरूलाई स्वास्थ्य मन्त्रालयको वेबसाइट (www.moph.gov.qa) मार्फत हिजो आइतबार देखि फाइजर-बायोटेक खोप लिनका लागि दर्ता गर्न सक्नेछन् ।
नेपाल
नेपालमा पछील्लो चौबिस घण्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पिसीआर बिधिबाट परीक्षण गर्दा २१ हजार ६५३ जना र एन्टिजेन बिधिबाट परीक्षण गर्दा ४३४ जना गरी ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै पछील्लो चौबिस घण्टामा २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
त्यस्तै आज ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्।