आज अक्टोबर २४ तारिख। मंगलबार। कात्तिक ७ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर २४ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक ७ गते। मंगलबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, ३१:११ बजेउप्रान्त पञ्चमी। नक्षत्र– ज्येष्ठा, १६:५२ बजेउप्रान्त मूल। योग– शोभन, १७:०३ बजेउप्रान्त अतिगण्ड। करण– वव, १८:०७ बजेदेखि वालव, ३१:११ बजेउप्रान्त वालव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– वृश्चिक, १६:५२ बजेउप्रान्त धनु।
दोहामा सूर्योदयः०५:३६ बजे र दोहामा सूर्यास्तः १६:५८ बजे हुनेछ ।
राहुकालः १४:०६ देखि १५:३० बजे सम्म । शुभ मुहूर्त : ०९:०२ देखि ११:१८
दोहा को मौसम
आजको उच्च तापक्रम ३६ डिग्री र न्युनतम तापक्रम २७ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.०० कतारी रियाल रहेको थियो ।