कतारमा आज बुधवार कोरोनाका कारण दुई जनाको मृत्यु, नेपालमा भने थप २४६ जनाको निधन
कतार
हिजो ३७० जना संक्रमित थपिएको कतारमा आज संक्रमण घटेर २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १४ हजार १५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४ हजार २०४ जनालाई गरिएको परिक्षणमा आज २९५ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये १९६ जना स्थानीय र ९९ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेर २ लाख ९ हजार २५१ रहेको छ
निको हुने बढे संगै सक्रिय संक्रमितको संख्या ४ हजार ३६१ मा झरेको छ ।
तर कतारमा पछील्लो समय यता संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम भने रोकिएको छैन । अस्ती २, हिजो २ जना मृत्तक थपिएको कतारमा आज पनि कोरोनाका कारण थप २ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ५० र ५६ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५३६ बाट ५३८ पुगेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : २३ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ३३२ जना
आईसीयुमा भर्ना हुने : ६जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : १८१ जना
आज स्वाब जाँच गरिएको संख्या – १४ हजार २०४ जस् मध्धे ३ हजार ३१३ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ८१ हजार ३३९ जना
निको हुनेको संख्या – ६३७ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ९ हजार २५१ जना
निको हुन बाँकीको संख्या –४ हजार ३६१ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – २
आज सम्म मृत्यु हुनेको संख्या – ५३८
आज खोप लगाइएको संख्या – ४० हजार ७६९
आज सम्म खोप लगाइएको संख्या – २१ लाख ५० हजार ७४९
हालसम्म कतारमा ५४.७ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् ।
नेपाल
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकैदिन २४६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बिगत २४ घण्टामा ७ हजार ९८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।