अब ३० वर्ष देखि माथिकाले खोप लगाउन पाउने
स्वास्थ्य मन्त्रालयले कोभिड -१९ विरूद्ध लगाइने खोपको योग्यताका लागि उमेर सीमा फेरी कम गरेको छ । दोस्रो चरणको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अब ३० बर्ष भन्दा बढी उमेर भएकाहरुले सजिलै सँग खोप लगाउन सक्ने भएका छन् ।
यस अघि उमेरको हदबन्दी ३५ वर्ष देखि माथिकालाई थियो ।
खोपको योग्यताका लागि उमेर सीमा ३० गर्नाले कतारको जनसंख्याको ठूलो क्षेत्रले खोप लिन र कोभिड -१९ बिरूद्ध सुरक्षित हुन थप मद्दत गर्ने विश्वास लिईएको, कोभिड १९ का लागि राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष र हमद मेडिकल कर्पोरेशनमा संक्रामक रोग प्रमुख डा. अब्दुल्लातिफ अल खलले बताएका छन् ।
हाल १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई पनि कतारले खोप वितरण सुरु गरिसकेको छ ।
फाइजर र बायोटेक खोपको पहिलो डोज लगाएको २१ दिन र मोडेर्ना खोप लगाएको २८ दिन पछी फेरी दोस्रो डोज लगाउन पाईन्छ ।
पहिलो पटक खोप लगाउनको लागि मन्त्रालयको वेबसाइट मार्फत आफ्नो नाम दर्ता गराउनु पर्नेछ । अहिले खोप लगाउने प्राथमिकताको सुचिमा आफु नपरेपनि नाम दर्ता गर्न सकिने र पालो आएपछि मन्त्रालयले स्वास्थ्य केन्द्र र मिती तोकेर एसएमएस मार्फत खोप लगाउन बोलाउनेछ ।
खोप सबैलाई निशुल्क रहने छ तर अनिवार्य म्याद नसकिएको कतारी परिचय पत्र (क्युआईडी ) भने आवश्यक पर्दछ ।
कतारले हालसम्म २० लाख १० हजार बढी डाेज खोप वितरण गरिसकेको छ ।
खोप नलगाएका हरुले अब नाम दर्ता कसरी गर्ने ?
१. राष्ट्रिय प्रमाणीकरण प्रणाली (नास) मा आफ्नो खाता खोल्नुहोस । नयाँ खाता खोल्न यहाँ थिच्नुहोस् । पहिलेनै खाता हुनेहरुले यहाँ थिच्नुहोस् ।
त्यसपछि आइडी र पासवर्ड हालेर लगइन गर्नुहोस ।
अब तपाईंले खोपका लागि फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।
२. आफ्नो रोजगारको पद छान्नुहोस ।
३. भए आफ्नो हेल्थ कार्डको नम्बर हाल्नुहोस । (अनिवार्य छैन )
४. खोप लगाउन इच्छुक छु भन्ने बक्समा ठिक लगाउनुहोस ।