कतारमा आज ३१३ जनामा संक्रमण देखियो, नेपालमा घट्न सकेन संक्रमण आज ८३०५ जना संक्रमित थपिए
कतार
हिजो २९५जना संक्रमित थपिएको कतारमा आज संक्रमण बढेर ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १४ हजार ४६३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १७ हजार १२७ जनालाई गरिएको परिक्षणमा आज ३१३ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये २०८ जना स्थानीय र १०५ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
त्यस्तै आज ५ सय २२ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेर २ लाख ९ हजार ७७३ रहेको छ
निको हुने बढे संगै सक्रिय संक्रमितको संख्या ४ हजार १५१ मा झरेको छ ।
तर कतारमा पछील्लो समय यता संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम भने रोकिएको छैन । अस्ती २, हिजो २ जना मृत्तक थपिएको कतारमा आज पनि कोरोनाका कारण थप एक जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ६२ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५३८ बाट ५३९ पुगेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : २१ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ३१५ जना
आईसीयुमा भर्ना हुने : ४ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : १७१ जना
आज स्वाब जाँच गरिएको संख्या – १७ हजार १२७ जस् मध्धे ३ हजार ८४२ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ८५ हजार १८१ जना
निको हुनेको संख्या – ५२२ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ९ हजार ७७३ जना
निको हुन बाँकीको संख्या –४ हजार १५१ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – १
आज सम्म मृत्यु हुनेको संख्या – ५३९
आज खोप लगाइएको संख्या – ४० हजार ५८
आज सम्म खोप लगाइएको संख्या – २१ लाख ९० हजार ८०७
हालसम्म कतारमा ५५.६ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् ।
नेपाल
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।
संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।