"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अन्ततः इजरायली र प्यालेस्टीनी बीच युद्धविराम

अन्ततः युद्ध चलेको एघारौ दिन पछी आज शुक्रवार बिहान २ बजे देखि इजरायल र प्यालेस्टाइन बीच युद्धविराम भएको छ । इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेको अल्जजिराले बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको विज्ञप्तिमा भनिएको छ कि सुरक्षा मन्त्रिपरिषद्ले “बिना शर्त … युद्धविरामको लागि इजिप्टको पहललाई सर्वसम्मतिले सिफारिस गरेको हो।”  थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने पनि बताइएको छ ।

यस्ता छन् प्रमुख खबर

  • युएनका महासचिवले युद्धविरामपछि ‘साँचो मेलमिलाप’ गर्न आह्वान गरेका छन् ।
  • इजिप्टका राष्ट्रपति अल-सिसीले युद्धविराम वार्ता गर्न अमेरिकी कूटनीतिक प्रयासको प्रशंसा गरे ।
  • गाजाका प्यालेस्तिनीहरूले युद्धविराम भएपछी खुशी भएका छन् ।
  • अमेरिकी राष्ट्रपति जो बिडेनले बिहीबार दिउँसो व्हाइट हाउसबाट इजरायल र हमासबीचको अपेक्षित युद्धविरामको बारेमा बोलेका थिए ।
  • इजरायली आक्रमण रोक्नको लागि तत्काल कारबाही आवश्यक छ: संयुक्त राष्ट्र महासभाको आपतकालीन बैठकमा कतारका उप प्रधानमन्त्री र विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल-थानी

दुई देशबीच भएको ११ दिनको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा ६५ बालबालीका सहित् २३२ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १२ जनाको ज्यान गएको छ जसमा दुई बालबालीका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button