मोबाईलमा एह्तेराज एप नहाल्ने ९ जना पक्राउ
कोभिड-१९ रोकथामका लागि सरकारले लगाएको नियम पालना नगर्ने ९६१ जना पक्राउ परेका छन् ।
आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ५१० जनालाई कारबाही गरेको छ । आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार पार्क तथा कर्नेशमा भेला हुने १८० जना,भिडभाड गर्ने २६० जना,मोबाईलमा एह्तेराज एप नहुने ९ जना,सवारीमा चार जना भन्दा बढी बस्ने र होम क्वारेन्टाइनको नियम उल्लंघन गर्ने १/१ जना कारबाहीमा परेका हुन् ।
पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो