कतारमा कोरोना : आज २८३ जनामा भाइरस देखियो
गत चौबिस घण्टामा देशभर थप २८३ जनामा कोरोना भाइरस संक्रमण र १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१५,४४३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १३,५७५ जनालाई गरिएको परिक्षणमा आज २८३ जना नयाँ संक्रमित भेटिएको छ । त्यस्तै ३५३ जनालाई निको भएको छ ।
भाइरसको कारण आज १ जनाको ज्यान पनि गएको छ । कतारमा यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५४४ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ७ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३०५ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १५० जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।