जून १ देखि तेलको भाउ घट्ने

कतारमा यसपटक भने तेलको भाउ घट्ने भएको छ । जुन १ तारिक बिहीबार देखि लागु हुने गरी डिजेल तथा पेट्रोल(सुपर) दुबैको भाउमा ५ दिराम ले घट्ने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ । अब ९१–अक्टेन प्रिमियम पेट्रोलको भाउ यथावत रही प्रति लिटर १.६० कतारी रियाल पर्नेछ भने ९५–अक्टेन सुपरको प्रति लिटरमा ५ दिरामले घटेर १.६५ कतारी रियाल पर्नेछ ।
त्यस्तै डिजेलको भाउ पनि ५ दिरामले घटेर प्रति लिटर १.५५ कतारी रियाल पर्नेछ ।
गत वर्षको मे महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।कतारमा तेलको भाउ बढेको पाँचौै पटक भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो