इदमा साउदी अरेबियाबाट १७ हजार यात्रुले कतार प्रवेश गरे
गएको इद अल फित्रमा साउदी अरेबिया बाट १७ हजार यात्रु कतार प्रवेश गरेका छन् ।
कतार रेडियोको एक कार्यक्रममा बोल्दै भन्सार विभागका कार्यकारी निर्देशक अब्दुलाह अल जबेरले इदमा १७ हजार यात्रु संगै ६ हजार तीन सय सवारी अबु सम्रा नाका बाट कतार आएको बताएका छन् ।
तीन वर्षको नाकाबन्दी पश्चात् कतार र साउदी अरेबिया बिच फेब्रुअरी १४ देखि आवतजावत र व्यापार पुन सुचारु भएको थियो ।
कोभिड-१९ को महामारी यता साउदी बाट आएका ट्रक चालकले कतार प्रवेश गर्न ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट देखाउन पर्नेछ । कतारले सामान अनलोडिङ पछि त्यताको चालकलाई तुरुन्तै फिर्ता पठाईदै आइरहेको छ । त्यस्तै खोप लगाइसकेका साउदी नागरिकले भने क्वारेन्टाइन बस्नुपर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो