चितवन राइनोजलाई हौसला प्रदान गर्न भरतपुरकी मेयर दाहाल टियु मैदानमा

चितवन, मंसिर १७–

भरतपुर महानगरपालिकाले विकास निर्माणसंगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आइरहेको छ । महानगर प्रमुख रेनु दाहाल आफै खेलकुदका गतिविधिमा सक्रिय भएर लाग्नु हुन्छ । महानगरले खेलकुदको विकासका लागि ग्रासरुट प्रतियोगिता आयोजना गर्नेदेखि खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने गरेको छ । महानगर प्रमुख दाहाल खेलाडीलाई हौसला प्रदान गर्न आफै मैदानमा समेत पुग्ने गर्नुभएको छ ।

अहिले बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाले नेपाल क्रिकेटमय बनेको छ । यही प्रतियोगितामा सहभागिता जनाएको एउटा फ्रेन्चाईज टिम हो चितवन राइनोज । सोमबार चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजसंग खेल्न महानगर प्रमुख दाहाल खेलाडीलाई हौसला प्रदान गर्न आफै मैदानमा पुग्नुभयो । जर्सी तथा मस्कट सार्वजनिक कार्यक्रममा चितवन राइनोजको अभिभावकत्व महानगरले ग्रहण गर्ने घोषणा गर्नुभएकी मेयर दाहाल हौसला प्रदान गर्न टियु अन्तर्राष्ट्रिय मैदानमा पुग्नु भएको हो । एउटा टिमलाई हौसला प्रदान गर्न महानगर प्रमुख आफै उपस्थिति हुनु सकरात्मक कदम हो ।

‘जिल्लाको टिमलाई हौसला प्रदान गर्न मैदानमा पुगेकी हुँ, चितवन राइनोजको युनिटी देखेर निकै खुशी छु, नतिजा पनि सकरात्मक आउँदा झनै उत्साहित छु’–प्रमुख दाहालले भन्नुभयो । उहाँले क्रिकेटलगायत खेल क्षेत्रलाई महानगरले सदैवमा प्राथमिकतामा राख्दै आएको भन्दै क्रिकेटको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।
महानगरले क्रिकेट खेलकै लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक अभावले काम अगाडि बढाउन नसकेपछि महानगरले स्वामित्व ग्रहण गरेर बागमति प्रदेश र संघीय सरकारको सहकार्यमा क्रिकेट रंगशालालाई अगाडि बढाउँदै लगेको छ । खेल क्षेत्रलाई माया गर्ने भएरै मेयर दाहालले रंगशाला बनाउन सक्रिय भएर लाग्नु भएको छ । महानगर प्रमुख दाहालसंगै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया पनि टियु मैदान पुग्नु भएको थियो । क्रिकेटलाइ माया गरेर मैदानमा मेयर पुग्ने निकै सकरात्मक कदम भएको संघका अध्यक्ष पियाले बताउनुभयो । ‘क्रिकेटप्रति उहाँको छुट्टै लगाव छ, रंगशाला बनाउने काम होस् वा खेलाडीलाई हौसला प्रदान गर्न आफै मैदानमा उपस्थित हुनुले ठूलो अर्थ राख्छ’–अध्यक्ष पियाले भन्नुभयो ।

चितवन राइनोजले प्रतियोगितामा विजयी सुरुवात समेत गरेको छ । सोमबारको पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो । चितवनले अब दोस्रो खेलमा भोलि (मंगलबार) पोखरा एभेन्जर्ससंग दिउँसो खेल्दैछ । चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको फ्रेन्चाईज टिम हो । आयुष न्यौपाने अध्यक्ष रहेको चितवन राइनोजले क्रिकेट विकासका लागि आफ्नै अभ्यास नेट समेत निर्माण गरेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button