फेरी बढ्न थाल्यो संक्रमण, आज ३४९ जनामा कोरोना संक्रमणको पुष्टि

हिजो २९९ जना संक्रमित थपिएको कतारमा आज संक्रमण बढेर ३४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा हाल सम्म भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख १६ हजार ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४ हजार ९३४ जनालाई गरिएको परिक्षणमा आज ३४९ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये २०७ जना स्थानीय र १४२ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

त्यस्तै आज ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेर २ लाख ११ हजार ६३५ रहेको छ ।

कोरोना भाइरसको संक्रमण पुन बढ्न थालेपछी सक्रिय संक्रमितको संख्या फेरी बढेर ३ हजार ९०७ मा झरेको छ ।

तर कतारमा पछील्लो समय यता संक्रमण क्रमश घट्दै गएता पनि मृत्तक भने थपिने क्रम भने रोकिएको छैन । अस्ती एक, हिजो तीन जना मृत्तक थपिएको कतारमा आज पनि कोरोनाका कारण थप २ जना नागरिकको मृत्‍यु भएको छ । आज मृत्‍यु हुनेमा ४८ र ६४ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५४७ बाट ५४९ पुगेको छ  ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ

अस्पताल भर्ना हुने : १९ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : २४६ जना
आईसीयुमा भर्ना हुने : २ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : १५२ जना
आज स्वाब जाँच गरिएको संख्या – १४ हजार ९३४ जस् मध्धे ३ हजार २५२ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : २० लाख १ हजार ९४७ जना
निको हुनेको संख्या – ३३९ जना
आज सम्म निको हुनेको संख्या – २ लाख ११ हजार ६३५ जना
निको हुन बाँकीको संख्या –३ हजार ९०७ (सक्रिय संक्रमित)
आज मृत्‍युहुनेको संख्या – २
आज सम्म मृत्यु हुनेको संख्या – ५४९
आज खोप लगाइएको संख्या – ३६ हजार ३०९
आज सम्म खोप लगाइएको संख्या – २३ लाख ६५ हजार ६४७

हालसम्म कतारमा ५९.७ % – १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो डोज प्राप्त गरेका छन् भने १० लाख ४ हजार १३६ जनाले दुई डोज खोप लगाइसकेका छन् ।

नेपाल

पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ भने तेस्तै ६४०४ जना काेराेना संक्रमणमुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ६७०० को कोरोनाबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button