संविधान संशोधन गर्न सरकार तयार, फोरम सरकारमा सहभागि हुने

लामो समयको कसरत पछि नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । फोरमको माग बमोजिम सरकार आपसी सहमतिका आधारमा संविधान संशोधन गर्न तयार भएको छ ।
दुई बुँदे सहमतीसंगै अब फोरम पनि सरकारमा सहभागि हुने भएको छ ।
सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सहमतिअनुसार संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ ।
साथै सरकारद्वारा गर्न सकिने काम सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ र उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ । उक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल हुने अर्को बुँदामा उल्लेख छ ।