आज ३४९ जनामा भाइरस देखियो,थप २ को मृत्यु
गत चौबिस घण्टामा देशभर थप ३४९ जनामा कोरोना भाइरस संक्रमण र २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१६,०९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४,९३४ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज ३३९ जनालाई निको पनि भएको छ ।
कतारमा यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५४९ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :१९ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – २४६ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १५२ जना
निको हुनेको संख्या : २,११,६३५
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।