कतारमा ३०६ संक्रमित थपिए,नेपालमा १४५ जनाको मृत्यु
गत चौबिस घण्टामा देशभर थप ३०६ जनामा कोरोना भाइरस संक्रमण र ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१६,३९७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १३,९६८ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज २६१ जनालाई निको पनि भएको छ ।
कतारमा यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५५२ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :१६ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – २४५ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १४७ जना
निको हुनेको संख्या : २,११,८९६
आज सम्म खोप वितरण : २४,०३,१६५
आजको खोप वितरण : ३७,५१८
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ६,७१५
मृत्यु : १४५
निको भएको : ६,७१६
सक्रिय संक्रमित : १,१७,०७७
जम्मा संक्रमित : ५,३५,५२५
जम्मा निको भएको : ४,११,६०३
जम्मा मृत्यु : ६८४५