ड्राइभिङ स्कुल,सैलुन,मेट्राे र सिनेमा हल भोलि देखि खुल्ने
कतारमा कोभिड-१९ को दैनिक संक्रमण कम भएसङै विभिन्न क्षेत्रमा लगाइएको प्रतिवन्ध हट्दै जाने भएको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकद्वारा प्रतिवन्ध चार चरणमा फुकुवा गर्ने निर्णय अनुसार भोलि मे २८ बाट पहिलो चरण सुरु हुने भएको छ ।
मे २८ देखि पहिलो चरणमा हट्ने प्रतिवन्धहरु :
१. सरसफाई क्षेत्रमा खोप लगाइसकेका कामदारले एक भन्दा बढी घरमा काम गर्न पाउने ।
२. कार्यक्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने । खोप लगाइसकेका १५ जना सम्म कामदारले बैठक गर्न पाउने ।
३. सम्मेलन , प्रदर्शनी तथा संस्कृतिक कार्यक्रम गर्न नपाउने ।
४. शपिङ मल ३० प्रतिशतले खुल्न पाउने । त्यहाँको फुड कोर्टले पिकअप र डेलिभरी मात्र गर्न पाउने ।
५. कतार क्लिन कार्यक्रम अन्तर्गत रहेको रेस्टुरेन्ट ३० प्रतिशतले खोल्न पाउने । खोप लगाइसकेका ग्राहक भित्र बसेर खान पाउने , नलगाएका ग्राहक बाहिर बसेर खान पर्ने ।
६. शुक्रबार र शनिबार सहित देशभरका शौक ३० प्रतिशत क्षमताले खोल्न पाउने । १२ वर्ष भन्दा कम उमेरका बालबालिका लैजान नपाउने ।
७. पार्क तथा बाहिरी आरामदायी केन्द्र ३० प्रतिशतले खुल्ने । भित्री केन्द्रमा खोप लगाइसकेका २० प्रतिशत मानिसले प्रवेश पाउने ।
८. जिम तथा हेल्थ सेन्टर ३० प्रतिशतले खोल्न पाउने । खोप लगाइसकेका ग्राहक र कर्मचारी मात्र हुनुपर्ने ।
९. स्विमिङ पुल तथा वाटर पार्क ३० प्रतिशतले खोल्न पाउने । भित्री क्षेत्रमा भए २० प्रतिशत खोप लगाइसकेका व्यक्ति मात्र जान पाउने ।
१०. सिनेमा घर तथा थिएटर खोप लगाइसकेका दर्शकका साथ ३० प्रतिशतले सन्चालन गर्न पाउने । १६ वर्ष भन्दा मुनिकालाई प्रवेश दिन नपाउने ।
११. खोप लगाइसकेका ३० प्रतिशत ग्राहक रहने गरि सैलुन खोल्न पाउने । सबै कर्मचारीले खोप लगाएको हुनुपर्ने ।
१२. संग्रहालय तथा पुस्तकालय ३० प्रतिशतले खोल्न पाउने ।
१३. विद्यालय ३० प्रतिशतले खुल्न पाउने । ट्रेनिङ सेन्टर , नर्सरी तथा चाइल्ड केयर सेन्टर ३० प्रतिशतले खुल्न पाउने । सबै कर्मचारीले खोप लगाएको हुनुपर्ने ।
१४. सार्वजनिक बिच,पार्क र कर्नेश लगायतका क्षेत्रमा एउटै घरका ५ जना सम्म भेला हुन पाउने । निजि बिच ३० प्रतिशतले खुल्न पाउने ।
१५. स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण सन्चालन गर्न पाउने । खोप लगाइसकेका ३० प्रतिशत क्षमताका साथ दर्शक राखेर खेल सन्चालन गर्न पाउने ।
१६. निजि डुङ्गा बढीमा १० जना राखेर चलाउन पाउने । भाडाका डुङ्गामा एउटै परिवारका सदस्य भए चलाउन पाउने । पर्यटक डुङ्गा चलाउन नपाउने ।
१७. शुक्रबार र शनिबार सहित गरेर सार्वजनिक सवारी ३० प्रतिशत क्षमताले सन्चालन गर्न पाउने ।
१८. ड्राइभिङ सेन्टर ३० प्रतिशतले खोल्न पाउने । खोप लगाइसकेका कर्मचारीले प्रशिक्षण दिन पाउने ।
१९. खोप लाइसकेका १० जना र नलगाएका ५ जना सम्मले बाहिरी भेला गर्न पाउने ।
२०. दैनिक प्रथनाका लागि देशभरका मस्जिद खुल्ने । १२ वर्ष भन्दा मुनिकालाई प्रवेश नदिइने । शौचालय तथा हातमुख धुने स्थान बन्द हुने ।
२१. विवाह समारोह गर्न नपाउने ।