"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

पूरा खोप लगाइसकेका व्यक्तिले के-के गर्न पाउने ?

कतारमा हिजो बसेको मन्त्रीपरिषदको बैठक मार्फत भोलि मे २८ शुक्रबारदेखि पहिलो चरणमा प्रतिवन्ध फुकुवा गर्ने निर्णय भएको छ । यो निर्णय संगै दुबै डाेज खोप लगाइसकेका व्यक्तिहरुलाई फाइदा पुग्नेछ ।

पूरा खोप लगाइसकेका व्यक्तिले के-के गर्न पाउने ?

१. कतार किल्न सर्टिफिकेट भएका रेस्टुरेन्टमा वा क्याफे भित्र वा बाहिर बसेर खान पाउने । उक्त स्थान ३० प्रतिशत क्षमतामा मात्र चलेको हुनुपर्ने ।

२. स्विमिङ पुलमा प्रवेश पाउने । भित्री स्विमिङ पुल २० र बाहिरी स्विमिङ पुल ३० प्रतिशत क्षमतामा मात्र चलेको हुनुपर्ने ।

३. हेल्थ क्लब , फिटनेस सेन्टर ,स्पा,पार्लर र सैलुनमा प्रवेश पाउने । सो क्षेत्र ३० प्रतिशत क्षमतामा मात्र चलेको हुनुपर्ने ।

४. मनोरञ्जन पार्क तथा भित्री मनोरञ्जन केन्द्रमा प्रवेश पाउने । सो क्षेत्र २० प्रतिशत क्षमतामा मात्र चलेको हुनुपर्ने ।

५. स्थानिय र अन्तर्राष्ट्रिय खेलमा दर्शकले प्रवेश पाउने । ३० प्रतिशत क्षमतामा मात्र दर्शक राख्न पाउने  ।

६. सिनेमा तथा थिएटरमा प्रवेश पाउने । ३० प्रतिशत क्षमतामा मात्र सो क्षेत्र चलेको हुनुपर्ने ।

७. १५ जना सम्मले बैठक गर्न पाउने ।

८. निजि डुंगामा १५ जना सम्म चढ्न पाउने ।

९. घर तथा पसलमा ५ जना सम्म भेला हुन पाउने । खुला क्षेत्रमा १० जनाले पाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button