कतार, टर्की र चीन हप्तामा एक पटक हवाई उडान खुला गर्ने नेपाल सरकारको निर्णय
नेपाल सरकारले जुन १ तारिख बाट कतार, टर्की र चीनमा नियमित उडान गर्न अनुमति दिने भएको छ । बिहिबार साझ बसेको मन्त्रीपरिषद बैठकले कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् ।
कोरोना महामारीको जोखिम बढेपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेको सरकारले चार्टर उडानका लागि भने अनुमति दिएको थियो तर यसरी चार्टर उडानमा धेरै यात्रु ठगिएको गुनासो बढेसँगै नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको उक्त निर्णय संगै अब दुवै खोप लगाएका नेपाल फर्कने यात्रुहरुले अनिबार्य १० दिन होम क्वारेन्टाइन बस्नु पर्नेछ भने एउटा खोप मात्र लगाएका यात्रुले भने सरकारले काठमाडौंमा तोकेको होटलमा तीन दिन आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ ।
तस्तै खोप नलगाएका यात्रुले सरकारले तोकेको काठमाडौंका होटलमा आफ्नै खर्चमा १० दिन क्वारेन्टाइन बस्नु पर्नेछ ।
नबिर्सिनुहोस् कतार देखी नेपाल फर्कदै हुनुहुन्छ भने पिसिआर परिक्षणको नतिजा नेगेटिभ र सिसिएमसि फारम भरेको हुनुपर्नेछ ।
पिसिआर परिक्षण
नेपाल फर्कनका लागि कतारका तोकिएका ६९ निजी अस्पतालले तीन सय रियाल शुल्कमा कोभिड १९ को पिसिआर स्वाब परीक्षणको गर्दै आइरहेका छन् ।
६९ निजी अस्पतालको सुची यस्तो छ ।
याद रहोस् अहिले पिसिआर स्वाबको नतिजा आउन २४ देखी ४८ घण्टासम्म लग्ने गरेको छ । तसर्त तपाईं ७२ घण्टा अघीनै परीक्षण गर्न जानुहोला ।
सिसिएमसी फारम
यो फारम पहिले नेपालको विमानस्थलमा पुगेपछि भर्नुपर्ने जस्तै अनलाइन फारम हो । कोभिड १९ को परिस्थितिले यो फारम अहिले विश्वको कुनै पनि देश बाट उडान मार्फत नेपाल जादा भर्नुपर्छ । फारम नेपालमा गएर भर्दा पनि हुन्छ तर अहिले नै भरेर गए विमानस्थलमा आफैलाई सजिलो हुनेछ ।
फारमभर्दा चाहिने वा सम्झनु पर्ने कुराहरु
- तपाइँको नेपाल के बाट जादै हुँदैछ – नेपाल पुग्ने मिती , उडान नं.
- जन्म मिति
- राहदानी/नागरिकता नं – जारी मिति र जारी जिल्ला
- नेपालको स्थायी ठेगाना
- नेपालमा सम्पर्क नम्बर – आफ्नो (मो/टेलिफोन नं. ईमेल )
- श्रीमान/श्रीमती/अभिभावको नामथर- सम्पर्क नं.
- हाल रहेको देशको विवरण (बिदेशको ) – गरेको काम, कार्य/जिम्मेवारी
अब फारम कसरी भर्ने ?
१. कोभिड १९ महामारी ब्यबस्थापन समिति CCMMS को वेबसाईटमा जान यहाँ क्लिक् गर्नुहोस् ।
२. फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं. आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।
३. रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । स्वघोषणा मा चिन्न लगाएर सुरक्षित गर्नुहोस बटनमा क्लिक गर्नुहोस् । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।
४. फारम भरिसकेपछि आएको तपाइँको Bar Code को Screenshot गरी मोबाइलमा राख्नुहोस वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।
५. यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।
६. Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुनेछ ।
७. कोभिड -१९ बिरूद्धको खोप (भ्याक्सिन) लगाएकाले पनि अनिवार्य पिसिआर गर्नै पर्छ ।
नेपाल यात्रा गर्दै हुनुहुन्छ भने सकभर कोभिड -१९ बिरूद्धको खोप लगाएर गएको राम्रो, अहिलेलाई दुई डोज खोप लगाएपनी अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने भएपनी पछी पुन अरु राष्ट्रहरु लाई जस्तै दोस्रो डोजको खोप लगएको १४ देखी ९ महिना सम्म पुन कतार फर्कदा क्वारेन्टाइनमा बस्नु नपर्ने हुन सक्दछ तर भ्याक्सिनलगाएको प्रमाणपत्र/सर्टिफिकेट भने अध्यागमन विभागमा देखाउनु पर्नेछ है त्यो बेला ।
सर्टिफिकेट प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् (प्रिन्ट पनि गर्नुहोस् ) *प्रमाणपत्र/सर्टिफिकेट दोस्रो डोज लगाएको ७२ घण्टा पछी मात्र निस्किन्छ ।
नेपाल देखी कतार फर्कन नि ?
कोरोनाभाइरसको महामारीपछि कतार सरकारले गएको अगस्ट देखि आप्रवासी नागरिकलाई प्रवेश दिने निर्णय गरेसंगै यतिबेला कतार फर्कन खोज्नेको संख्या बढिरहेको छ । त्यसका लागि कतार सरकारले कम जोखिम भएका देशहरुको सूची जारी गरेको छ र त्यसलाई दुई हप्तामा फेरबदल गर्दै आइरहेको छ । कम जोखिमको देशको सूचीमा कहिले नपरेको नेपाल सहित भारत, पाकिस्तान ,बाङ्लादेशका कम तलब भएका कामदारको लागि भने कतार फर्कन त्यति सहज भने हुने छैन । क्वारेन्टाइन खर्च महँगो र झन्झटिलो हुन सक्छ ।
खोप लगाएका व्यक्तिले केहि मापदण्ड पूरा गरेमा होटल क्वारेन्टाइन छुट दिएको कतारले फेरी अप्रिल २६ देखी नेपाल सहित् केही राष्ट्रका यात्रुलाई भने पुन क्वारेन्टाइन अनिवार्य गरेको छ ।
नेपाल देखी कतार फर्कन यस्तो छ प्रक्रिया
नोभेम्बर २९ देखि बिदामा नेपाल गएर पुन कतार फर्कनेहरुका लागि भने कतार पोर्टलको वेबसाईटमा गएर ईन्ट्री परमिट निकाल्नु पर्दैन । कतार छोड्ने समयमा नै परमिट स्वत निस्कने नियम लागू भैसकेको छ । परमिट निकल्न यहाँ थिच्नुहोस ।
नोभेम्बर २९ भन्दा अगाडी कतार छोडेर गएकाहरुले तल दिइएको प्रक्रिया पूरा गर्न सकेको अवस्थामा कतार फर्कन सकिन्छ ।
१. ईन्ट्री परमिट निकाल्नुहोस
कतार आउन सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा ईन्ट्री परमिट निकाल्नु हो । यो परमिट बिना अहिले कतार प्रवेश गर्न मिल्दैन । कतार पोर्टलको वेबसाईटमा गएर परमिट आफैले पनि निकाल्न सकिन्छ । तर त्यसको लागि आफ्नै आईडी बाट निकालिएको सिम एक्टिभेट हुनुपर्नेछ । परमिटका लागि आफैले प्रयास गर्दा प्राथमिकतामा पर्ने सम्भावना कम हुने भएको हुँदा आफ्नो कम्पनीलाई निकाल्न लाउँदा राम्रो हुनेछ ।
तत्कालको लागि स्वास्थ्यकर्मी , विभिन्न सरकारी र अर्ध-सरकारी क्षेत्रहरूको अत्यावश्यक कर्मचारी लगायतलाई प्राथमिकताको आधारमा परमिट दिइनेछ। परमिटको समयावधि एक महिनाको हुनेछ । परमिटको निस्केको एक महिनाभित्र कतार आउन नसके पुन परमिट निकाल्नुपर्नेछ ।
परमिट निकाल्नको लागि फारम भर्न यहाँ थिच्नुहोस ।
२. श्रम स्वीकृति लिनुहोस
परमिट निस्किएको खण्डमा श्रम स्वीकृति लिनुपर्नेछ । श्रम स्वीकृति लिने प्रक्रिया पनि पहिलेको भन्दा केही झन्झटिलो रहेको छ । वैदेशिक रोजगार विभागको नयाँ नियम अनुसार अहिले नयाँ तथा पुरानो श्रम स्वीकृति लिन आफ्नो कम्पनी बाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) निकाली आफू काम गर्न जाने देशमा रहेको नेपाली दूतावासबाट त्यसलाई प्रमाणित गर्नुपर्नेछ । कुनै प्रदेशमा भने एनओसीको आवश्यकता खोजिएको छैन । श्रमको म्याद कम्तिमा पनि दुई वर्षको हुनुपर्नेछ ।
३.हवाई टिकट लिनुहोस
परमिट र श्रम स्वीकृतिको काम भैसकेपछि हवाई टिकट लिनुहोस । यतिखेर नेपाल देखि कतार हप्तामा एक पटक हवाई उडान हुने हुँदा टिकट पाउँन गार्हो हुन्छ होला ।
टिकटको बारे बुझ्न यहाँ थिच्नुहोस ।
४. क्वारेन्टाइन होटेल बुकिङ गर्नुहोस
टिकट लिईसकेपछि आफ्नो कामको पद अनुसार १० वा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न होटेल बुकिङ गर्नुहोस । कतार सरकारले कम तलब भएका कामदारको लागि मेकाइन्स / मुकायनिसमा छुट्टै होटेल क्वारेन्टाइनको व्यवस्था गरेको छ । डिस्कोभर कतारको वेबसाईटमा गई डेबिट/क्रेडिट कार्ड मार्फत होटेल बुकिङ गर्न सकिन्छ । १० दिन होटेलमा बस्न तीन हजार रियाल देखि माथी पर्नेछ भने १४ दिने मेकाइन्स क्वारेन्टाइनका लागि १८ सय रियाल माथी पर्नेछ । रोजाइ तपाईंको
होटेल बुकिङ गर्न यहाँ थिच्नुहोस ।
मेकाइन्स क्वारेन्टाइनका लागि यहाँ थिच्नुहोस ।
५. ७२ घण्टा भित्र नतिजा आउने गरि पिसिआर परिक्षण गर्नुहोस
कतार पुग्न ७२ घण्टा भित्र नतिजा आउनेगरि नेपाल बाट मान्यता प्राप्त स्वास्थ्य संस्था बाट पिसिआर परिक्षण गर्नुपर्नेछ । परिक्षणको नतिजा पोजेटिभ आए कतार फर्कन पाईदैन ।
यी सबै मापदण्ड पूरा गरि सम्पुर्ण कागजात विमानस्थलमा बोर्डिङको समय पेश गर्नुपर्नेछ । यी मापदण्डअनुसार कागजात नमिले कतार फर्कन पाईनेछैन ।